Logo

सम्मरीमाई गाउँपालिका अध्यक्षमा बिनोद श्रीवास्तव विजयी

ujyalosandesh online ६ जेष्ठ २०७९, शुक्रबार २०:५६ मा प्रकाशित

भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन । सम्मरीमाईमा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका बिनोद कुमार श्रीवास्तव ४ हजार १ सय ३४ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल माओवादी केन्द्रका जितेन्द्रनाथ शुक्लले ३ हजार ५ सय २ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै कुमारी प्रियंका शाही सिंह ४ हजार ४ मत ल्याई विजयी भएकी छन । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाकी बिन्द्रावती गुप्ताले ३ हजार ३ सय ४ मत प्राप्त गरिन । वडा नम्बर १ मा कांग्रेसकै शिव कुमार यादव ९ सय ५१ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका कमलापति यादवले ५ सय ९९ मत पाए । वडा नम्बर २ मा लोसपाका अजय कुमार गुप्त बनिया ५ सय ६८ मत ल्याई विजयी घोषित भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका अबरार अहमद मुसलमानले ४ सय ७० मत पाए । वडा नम्बर ३ मा कांग्रेसका अदहम अली देवान ५ सय ८५ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका अंकित कुर्मिले ४ सय ८० मत प्राप्त गरे ।

वडा नम्बर ४ मा नेपाली कांग्रेसका दिवाकर प्रसाद दुबे ८ सय २८ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका सुजित कुमार त्रिपाठीले ३ सय ३९ मत प्राप्त गरे । वडा नम्बर ५ मा माओवादीका श्रवण कुमार यादव ६ सय २७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका शेरअली मुसलमानले ६ सय १७ मत प्राप्त गरे । वडा नम्बर ६ माओवादीकै तौलन केवट ५ सय ७४ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका पवन कुमार सिंहले ५ सय ५७ मत पाए । वडा नम्बर ७ मा लोसपाका राधेश्याम कुर्मि ६ सय ५९ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका श्रीनारायण यादवले ५ सय १४ मत पाए ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार