Logo

रोहिणीका जनप्रतिनिधिको पहिलो निर्णय ,गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने

ujyalosandesh online १० जेष्ठ २०७९, मंगलवार ००:१० मा प्रकाशित

भैरहवा । रोहिणी गाउँपालिकाको वडा न ३ मा बाटो खुलाइ गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्ने निर्णयमा हस्ताक्षर गर्दै गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विद्या यादवले सोमबार पदभार ग्रहण गरेका छन् ।
सोमबार अध्यक्ष र उपाध्यक्ष सँगै वडा अध्यक्ष तथा सदस्यहरू को समेत सपथ ग्रहण र पदभार भएको छ । अध्यक्ष यादव लाई जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले भैरहवामा सपथ ग्रहण गराएको थियो । ततपश्चात् अध्यक्षले गाउँपालिकामा एक समारोहको आयोजना गरी उपाध्यक्ष सहित अन्यलाई सपथ ग्रहण गराएका थिए । पदभार ग्रहणपछि बोल्दै अध्यक्ष यादवले सबै राजनीतिक दलहरूको सुझाव र सल्लाहलाई लिएर जनताको मन जित्ने गरी रोहिणीको साझा विकासमा लाग्ने प्रतिबद्धता जनाए ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार