Logo

ओमसतिया पोषणयुक्त गाउँपालिका बनाउने : मन्जित यादव

ujyalosandesh online १० जेष्ठ २०७९, मंगलवार ०८:०१ मा प्रकाशित

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मन्जित कुमार यादव (सोनु) र उपाध्यक्ष सुनिता चौधरीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले शिक्षित र स्वस्थ ओमसतिया गाउँपालिका निर्माण गर्ने प्रतिवद्वता अनुरुप पहिलो निर्णय नै शिक्षा र स्वास्थमा आधारित रहेर गरेका छन् ।

मन्जितले दुई वटा निर्णय गरेका छन् । उनले गाउँपालिकाको सामूदायिक विद्यालयमा अध्ययन गर्ने १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई झोला वितरण र पोषणयुक्त गाउँपालिका बनाउने निर्णय गरेका छन् । पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले ओमसतियाका आम जनताको हितमा आफुले सधै काम गर्ने बताए । उनले गाउँपालिकालाई शिक्षित र स्वस्थ बनाउनको लागी आफ्नो कार्यकालमा विभिन्न कार्यक्रम अघि बढाउने जानकारी दिए ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले गाउँपालिकामा रहेर आफुले इमान्दारितापूर्वक जनताको हितमा काम गर्ने बताइन् । उनले ओमसतियामा सबै जनप्रतिनिधि मिलेर काम गर्ने जानकारी दिइन् ।

ओमसतिया गाउँपालिकामा सोमबार गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) र उपाध्यक्ष सुनिता चौधरीले पदभार ग्रहण गरेलगत्तै गाउँपालिकामा प्रस्ताव भइ आएका दुई निर्णय सदर गरिएको हो ।
त्यस्तै सोमबार नै गाउँपालिकाको उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम समेत आयोजना गरिएको थियो ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार