Logo

आउनुस सबै मिलेर सम्मरीमाईको विकाश गरौ : अध्यक्ष श्रीवास्तव

ujyalosandesh online १२ जेष्ठ २०७९, बिहीबार ००:१९ मा प्रकाशित

मर्चवार । रूपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले प्रतिपक्षी दल सित सहकार्य गर्दै बिकासका गतिलाइ अघि बढाउने बताएका छन । बेतकुइयाँ स्थित वडाकार्यालयमा आयोजित नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा पदस्थापना कार्यक्रममा अध्यक्ष श्रीवास्तवले सो कुरा बताएका हुन ।

सम्मरीमाईका मतदाताले मिश्रित जनादेश दिएको भन्दै गाउँपालिका अध्यक्ष श्रीवास्तवले सहकार्य, सुशासन र बिकास गाउँपालिकाको प्रमुख बिन्दु रहने बताए । ‘स्वास्थ्य, शिक्षा, कृषि र रोजगारलाइ ब्यस्थित गर्न तथा पारदर्शिता र सुशासनका लागि खुला हृदयले सहकार्य गर्न विपक्षी दललाइ आह्वान गर्दछु,’ उनले भने ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार