
भैरहवा । नेपाल रेडक्रस सोसाइटी रोहिणी उपशाखा धकधईले नवनिर्वाचित रोहिणी गाउँपालिकाका जनप्रतिनिधिहरुको स्वागत तथा सम्मान गरेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट रोहिणी गाउँपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बुधबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा विकास गर्न सबै संघसंस्थाहरु मिलेर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन , वडा नं. १ का वडाध्यक्ष अविद अली पठान, २ का करम खान, ३ का विर बहादुर क्षेत्री, ४ का तारानाथ प्रसाद यादव, ५ का घनश्याम सिंह क्षेत्री, ६ का इन्द्रमान चौधरी, ७ का अन्नान भाट र नवनिर्वाचित वडा सदस्य र रेडक्रस उपशाखाका सभापति अनिल कुमार कौशल, उपसभापति पुर्णिमा रौनियार, सोसाइटी रुपन्देही जिल्ला शाखा महामन्त्रि आर मोहम्मद खाँ लगायतको सहभागिता रहेको थियो ।