
हृदयराम गुप्ता
मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कोटहीमाई गाउँपालिकामा निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाण पत्र हस्तान्तरण गरिएको हो ।
कोटहीमाई गाउँपलिकाको निर्वाचन अधिकृत शिव प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न प्रमाण पत्र हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष पदमा निर्वाचित बाल कृष्ण त्रिपाठी, उपाध्यक्ष पदमा निर्वाचित सुशिला यादवलाई निर्वाचन अधिकृत पराजुलीले प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै नवनिर्वाचि गाउँपालिका अध्यक्ष त्रिपाठीले अब सबै जनप्रतिनिधि र कर्मचारी मिलेर जनताको सहयोगबाट गाउँपालिकालाई तिब्र बिकासमा लैजाने बताए ।
लोकप्रिय समाचार