Logo

मर्चवारीमा थप एक प्रयोगशालाबाट सेवा शुरु

ujyalosandesh online १८ जेष्ठ २०७९, बुधबार १९:५८ मा प्रकाशित

मर्चवार । मर्चवारी गाउँपालिकाको स्वास्थ्य क्षेत्र प्रभावकारी बन्दै गएको छ । स्वास्थय क्षेत्रलाई प्रभावकारी बनाउन गाउँपालिकाले थप एक स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा शुभारम्भ गरेको छ ।
मर्चवारी वडा नं. १ मा रहेको सेमरा मर्चवार स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा शुभारम्भ भएको हो । प्रयोगशालाको उद्घाटन गर्दै मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले स्वास्थ्य क्षेत्रलाई सबल बनाउन सबैको इमन्दारीताको आवश्यकता  रहेको बताए । आफुले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन गाउँपालिकामा रहेको एम्बुलेन्स निःशुल्क गरेको उनले बताए ।  कार्यक्रममा बोल्दै मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन साहले थोरै शुल्कमा धेरै परिक्षण गराउन सक्ने उनले बताए । सीमा क्षेत्रसंग रहेको उक्त स्वास्थ्य चौकीमा पहिला अधिंकास बिरामीहरु भारतमा गई विभिन्न रोगको परिक्षण गराउने समस्याबाट छुटकारा भएको बताए । गैरसरकारी स्वास्थ्य संस्थाहरु भन्दा धेरै रहत हुनेगरी केही मात्र मटेरियलको शुल्क लिई पेसाब, रगत, खकार लगायतका चेकजाँच हुने उनले बताए । यस अघि रायपुर स्वास्थ्य केन्द्र, सिलौटिया स्वास्थ्य चौकीमा प्रयोगशालाको सेवा संचालनमा रहेको उनले बताए ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार