Logo

सिद्धार्थनगरका मेयर काठमाण्डौँमा : ‘नगरमा स्मार्ट लाईट’ जडान हुने, विधुत प्राधिकरणसगँ सम्झौता हुँदै

ujyalosandesh online १८ जेष्ठ २०७९, बुधबार २१:४४ मा प्रकाशित

सलमान खान
भैरहवा, १८ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई उज्यालो बनाउन र रात्रकालिन समयमा नगरको सौन्दर्यता बढाउनका लागि नगरमा ‘स्मार्ट लाईट’ जडान हुने भएको छ ।
अझै पनि नगरकाे अधिकांश सडकमा सडकबत्ति नहुदाँ नगरवासीलाई रातीको समयमा हिड्डुल गर्न समस्या छ । ‘स्मार्ट लाईट’ जडानले रातिको समयमा नागरिकहरुको सुरक्षित यात्रा र नगरको सौन्दर्यता समेत बढ्ने नगरपालिकाको विश्वास छ ।
नगरको विभिन्न चोक र सडकहरुमा ‘स्मार्ट लाईट’ जडान गर्नका लागि नगरपालिका र नेपाल विधुत प्राधिकरणबीच सम्झौता हुने भएको छ । बुद्ध चोक, देवकोटा चोक, सिमानाका बेलहिया जस्ता चोकहरुमा ठुल्ठुला लाईटहरु र अन्य सडकहरुमा विधुत प्राधिकरणले बत्ति जडान गरिदिने भएको छ ।
‘सम्झौताका लागि ड्राफ्ट तयार भएर अन्तिम चरणमा छ’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनीले भने, ‘सकेसम्म हामी सम्झौता गरेर नै आउँछौँ ।’
नगरका प्रमुख ईस्तियाक अहमद खान नगरको विकासका लागि नगरपालिकाको टोलीलाई लिएर काठमाडौंँमा छन् ।
उनले नगरको विकासका लागि विभिन्न मन्त्रालय, विधुत प्राधिकरण, नगर विकास कोष, नगरपालिकाहरुले गरेको फोहोर व्यवस्थापनको अध्ययन अवलोकन, पश्चिमी शहरी कोरिडोर आयोजना लगायतसगँ छलफल गरिरहेका छन् ।
‘छलफल गरेका सबै निकायहरुमा सकारात्मक कुरा भएको छ’ नगर प्रमुख खानले भने, ‘नगरको विकासका लागि केहीले छिट्टै काम पनि सुरु गर्ने भएका छन् ।’
निर्वाचनमा नेपाली काँग्रेसले नगरवासीसगँ गरेको वाचा अनुसार नगरको विकासका लागि काम सुरु भएको नेपाली काँग्रेसका सिद्धार्थनगर नगरपालिकाका सभापति कोसिश खड्काले बताए ।
‘नगर प्रमुख खान निर्वाचित भएदेखि नै नगरको विकासका लागि लागिपर्नु भएको छ’ सभापति खड्काले भने, ‘हामीले निर्वाचनको समयमा नगरवासीसगँ गरेको वाचा अनुसार काम सुरु गरेका छौँ, छिट्टै नै नगरको मुहार फेरिनेछ ।’


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार