Logo

रामनरेशमा पूर्व प्राथमिक भवनको शिलान्यास

ujyalosandesh online १९ जेष्ठ २०७९, बिहीबार १३:५१ मा प्रकाशित

भैरहवा । रामनरेश यादव आदर्श नमूना माध्यमिक बिद्यालयमा नया पूर्व प्राथमिक भवनको शिलान्यास भएको छ । एक सामान्य कार्यक्रमका बिच रोहिणी गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवले बिहिबार उक्त भवनको शिलान्यास गरेका छन ।
१२ कोठे उक्त भवनको बनाउन प्रदिप कन्स्ट्रक्सनले ठेक्का पाएको छ । संघिय सरकारको नमूना बजेट अन्र्तगत बिद्यालय निर्माणको लागी १ करोड ७० लाख रुपैया बिनियोजन भए पनि १ करोड २८ लाखमा ठेक्का लागेको रामनरेश यादव आदर्श नमूना माध्यमिक बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बैजनाथ सहानीले जानकारी दिए ।
२०५८ जना कुल बिद्यार्थी रहेको रामनरेश यादव आदर्श नमूना माध्यमिक बिद्यालयमा प्राथमिक तह तर्फको भवन जिर्ण रहेको कारण संघिय सरकारको योजना अनुसार यो पूर्व प्राथमिक भवनको निर्माण थालिएको हो ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार