Logo

बस दुर्घटनाका घाइतेहरुलाई भैरहवाका मेयरले भने– उपचारमा कुनै कमी हुदैन, छिट्टै घर जानुहुन्छ

ujyalosandesh online २२ जेष्ठ २०७९, आईतवार २१:२६ मा प्रकाशित

भैरहवा, २२ जेठ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) ईस्तियाक अहमद खानले भैरहवा–नवलपरासी सडकखण्डमा भएको बस दुर्घटनाका घाइते तथा अस्पताल प्रशासनलाई भेटेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
आइतबार जनकपुर देखि भैरहवा आउन लागेको लु २ ख ३८४१ नम्बरको रात्रिकालिन यात्रुवाहक बस रोहिणी गापा–३ र ओमसतिया गापा–४ को सिमाना रोहिणी नदीमा खसेको थियो । बसमा ३२ जना सवार थिए । जसमध्ये ९ जनाको मृत्यु भयो भने २३ जना अस्पतालमा उपचारत अवस्थामा छन् ।
प्रमुख खान दुई पटक घाइतेहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेका थिए । उनले घाइतेका आफन्तहरुलाई भेटेर घटना प्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।
अस्पताल प्रशासनलाई घाइतेहरुको उपचारमा कुनै कमी नहुन दिन उनले आग्रह गरे ।
उनले भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचारत अवस्थामा रहेको घाइतेहरुको मनोबल बढाउनमा उनीहरुलाई प्रेरित गरे ।
उनले घाइतेहरुलाई उपचारमा कुनै कमी नहुने र ढुक्कसगँ उपचार गराएर छिट्टै घर जान सक्ने बताए ।
‘हामी यही छौँ, तपाईहरुलाई केही हुदैन, तपाईहरु ढुक्क हुनुहोस’ उनले भने, ‘आत्मबल बढाएर राख्नुस, छिट्टै घर जान सक्नुहुन्छ ।’
त्यस्तै उनले मृतकका आफन्तलाई भेट गर्दै अकल्पानीय रुपमा घटना भएको भन्दै परिवारजन प्रति सम्वेदना व्यक्त गरे ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार