Logo

रोहिणी बस दुर्घटना : रोहिणी गाउँपालिका अध्यक्ष यादवद्वारा दुःख व्यक्त

ujyalosandesh online २२ जेष्ठ २०७९, आईतवार २३:२१ मा प्रकाशित

भैरहवा, २२ जेठ ।
रुपन्देहीको रोहिणीमा आइतबार बिहान भएको बस दुर्घटनाप्रति रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले दुुःख व्यक्त गरेका छन । जनकपुरबाट भैरहवा आउँदै गरेको यात्रुुबाहक बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको थियो भने २३ जना घाइते भएका छन् ।
गाउँपालिका अध्यक्ष यादवले घाइते र मृतकका आफन्तलाई भेट गरी घटनाप्रति दुःख ब्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । अध्यक्ष यादवले भैरहवास्थित भीम अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा मृतकका आफन्तलाई भेटघाट गर्दै अकल्पनीय रुपमा घटना भएको भन्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरे । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ः२० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार