Logo

धकधई समुदायिक सेवा केन्द्रलाई अझै व्यवस्थित बनाउने : विद्या यादव

ujyalosandesh online २७ जेष्ठ २०७९, शुक्रबार ०९:०६ मा प्रकाशित

भैरहवा । धकधई समुदायिक समाज सेवा केन्द्र तथा समुदायिक प्रहरी सेवा केन्द्रले एक कार्यक्रमका बीच आफ्ना कार्यक्षेत्र अन्र्तगतका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष र वडा नम्बर ७ का वडा अध्यक्षलाई धकधई समुदायिक समाज सेवा केन्द्र तथा समुदायिक प्रहरी सेवा केन्द्रले फूलमाला र खादा लगाई सम्मान गरिएको सामुदायिक समाज सेवा केन्द्रका अध्यक्ष जयप्रकाश यादवले बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोहिणी गाउँपालिका अध्यक्ष विद्या यादवले समुदायिक सेवा केन्द्रको भुमिका साना–तिना झै–झगडालाई भेदभाव रहित वातावरणमा दुवै पक्षलाई मिलाउने कार्य गर्दै आएको सेवा केन्द्रलाई व्यवस्थित बनाउनका लागि सबै जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, समाजिक अभियन्ता सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।
त्यस्तै वडा नं. ३ का वडाध्यक्ष विर बहादुर क्षेत्रीले विगतमा पनि जनताको सेवक भएर काम गरेको बताउँदै अझैं पनि सेवककै रुपमा आफु जनताको सेवामा निरन्तर लागेको बताए । विभिन्न सामाजिक संघसंस्थाहरुलाई अगाडि बढाउनमा आफू विगत लामो समयदेखि ठुलो भूमिका खेल्दै आएको उनले बताए ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार