Logo

नातेदारको मृत्युपछि रुपन्देहीको मर्चवारीमा सार्वजनिक विदा

ujyalosandesh online ५ असार २०७९, आईतवार १५:५४ मा प्रकाशित

भैरहवा । मर्चवारी गाउँपालिकाले आज गाउँपालिकामा सार्वजनिक विदा दिएको छ । मर्चवारी गाउँपालिकाका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको मृत्यु भएपछि गाउँपालिकामा विदा दिइएको हो ।

गाउँपालिका अध्यक्ष गयाप्रसाद वरइ द्धारा जारी एउटा सूचनामा विदाको जानकारी दिइएको छ । देवर नाता पर्नेको मृत्यु भएको भनिए पनि सूचनामा मृतकको नाम उल्लेख गरिएको छैन । गाउँपालिकाले मृतक प्रति श्रद्धाञ्जली दिँदै असार ५ गते गाउँपालिका , सबै वडा कार्यालय, सम्पूर्ण विद्यालय, संघ–संस्था बन्द रहने जनाएको छ ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार