
भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट २०७९ काे स्थानीय तह निर्वाचनमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख (मेयर)का उम्मेदवार बनेका हरिहर प्रसाद जैसवाल (मनोज) राप्रपा नेपालमा प्रवेश गरेका छन् ।
केही दिन अघि सामाजिक संजाल फेसबुकमार्फत राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका जैसवाल सोमबार राप्रपा नेपालमा प्रवेश गरेका हुन् । उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा प्रवेश गराएका हुन् ।
राप्रपा नेपालमा प्रवेश गरेका नेता जैसवाललाई अध्यक्ष थापाले सोमबार नै पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
जैसवाल राप्रपा निकट प्रवासी नेपाली एकता समाजको वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन केन्द्रीय सदस्य, (पानस ) अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी) सचिवको समेत जिम्मेवारी सम्हाल्दै आएका थिए ।
त्यस्तै राप्रपा रुपन्देही क्षेत्र नम्बर ५ का क्षेत्रीय उपाध्यक्ष राधेश्याम यादव पार्टी परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका छन् ।