Logo

समताका पत्रकार मनोज क्षेत्रीलाई मातृशोक

ujyalosandesh online १३ असार २०७९, सोमबार १७:५७ मा प्रकाशित

भैरहवा  । पत्रकार मनोज क्षेत्रीलाई मातृशोक परेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुर निवासी क्षेत्रीको आमा विष्णु माया क्षेत्रीको ७९ वर्षको उमेरमा सोमबार बिहान आफ्नै निवासमा निधन भएको हो । उनको केही हप्ताअघि पत्थरीको शल्यक्रिया समेत भएको थियो । स्व. विष्णुमाया क्षेत्रीको दुई छोरा र दुई छोरी छन् । समता टेलिभिजनमा कार्यरत पत्रकार मनोज प्रेस चौतारी नेपाल, रुपन्देहीका सदस्य समेत हुन् ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार