Logo

भैरहवाका ओम जैशी नेपाल चलचित्र संघको उपमहासचिवमा चयन

ujyalosandesh online १३ असार २०७९, सोमबार १८:०१ मा प्रकाशित

भैरहवा । नेपाल चलचित्र संघको उपमहासचिवमा भैरहवा निवासी ओम जैशी चयन भएका छन् । गत जेठ २१ गते काठमाडौंमा सम्पन्न संघको ४७ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट बिरेन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति गठन गरिएको गियो ।

निर्वाचनबाट अध्यक्ष तथा कार्यसमिति सदस्य निर्वाचित गरिएको थियो । संघको विधान २०५१ अनुसार सोमबार कार्यसमितिको बैठकबाट पदाधिकारीहरुको चयन गरिएको विज्ञप्तीमार्फत जानकारी गराइएको छ । उपमहासचिवमा चयन भएका जैशी विगत १० वर्षदेखि चलचित्र क्षेत्रमा आबद्ध छन् ।

उनले यसअघि चलचित्र संघ पश्चिमाञ्चल सभापतिको समेत जिम्मेवारी सम्हालिसकेका छन् । जैशी भैरहवास्थित काशी सिनेप्लेक्स प्रा.लि.का अध्यक्ष समेत हुन् । चलचित्रसँगै उनी शिक्षा क्षेत्रमा आबद्ध छन् ।

संघको निवर्तमान अध्यक्षमा मधुसूदन प्रधान, प्रथम उपाध्यक्षमा कुवेर शर्मा, द्वितीय उपाध्यक्षमा गोपाल काजी कायस्थ, तृतीय उपाध्यक्षमा भाष्कर ढुंगाना, महासचिवमा नरेन्द्र महर्जन र कोषाध्यक्षमा कपिल प्रसाद द्वा रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यमा मिजाश पोखरेल, निरज कार्की, गोविन्द बहादुर शाही, चैतन्य बराल, युवराज प्रसाई., प्रज्वल शमशेर जबरा, सुरेन्द्र कुमार थापा, राजकुमार श्रेष्ठ र दिप्रश शाक्य रहेका छन् ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार