
भैरहवा । रुपन्देही क्षेत्र नम्बर ४ का सांसद प्रमोद कुमार यादवले गोपाल सेवा समिती सियारी रुपन्देहीको भवन निमार्णका लागी एक कठठा जग्गा दिने घोषणा गर्नु भएको छ । गोपाल सेवा समिती सियारी रुपन्देहीले श्री कृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार गरेको रक्तदान , सम्मान तथा बिरहा मुकाबला कार्यक्रममा सांसद यादवले सो कुरा बताउनु भएको हो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएको सांसद यादवले हामीले हरेक जातिको धर्म संस्कृतिलाई सम्मान गर्दै आ आफनो धर्म र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ ।
लोकप्रिय समाचार