Logo

बालदिवसको अवसरमा भानु माध्यमिक बिद्यालयमा कक्षागत प्रतियोगिता सम्पन्न

ujyalosandesh online २९ भाद्र २०७९, बुधबार २०:१३ मा प्रकाशित

भैरहवा । ५८ औ बाल दिवसका अवसरमा भानु माध्यमिक बिद्यालयले कक्षागत प्रतियोगिता कार्यक्रमहरू सम्पन्न गरेको छ । बालदिवसको अवसर पारि विद्यालयले बाल कविता वाचन, अनु लेखन, चित्रकला, श्रुति लेखन, निबन्ध लेखन, गाउँ खाने कथा, हाजिरी जवाफ प्रतियोगिता लगायतको कार्यक्रम सम्पन्न गरेको छ ।

कक्षा १ को बिद्यार्थी हरु बीच गरिएको बाल कविता बाचन प्रतियोगितामा जानकी कुर्मी  प्रथम , विप्लव मल्लाह द्वितीय र साइद पठान तृतीय भएका थिए । कक्षा २ का बिद्यार्थी बीच भएको अनु लेखन प्रतियोगितामा सदिया खातुन  प्रथम, अनुराग कोहार द्वितीय र जैन्व खान र सन्देश थारू तृतीय भएको भानु माध्यमिक बिद्यालयका प्रधानाध्यापक मोतिलाल सुवेदीले जानकारी दिए । कक्षा ३ मा भएको चित्रकला प्रतियोगितामा मोनि हरिजन प्रथम, रितेश मल्लाह  द्वितीय  र सन्ध्या कुमाल तृतीय  भएका छन् । यस्तै कक्षा ४ मा चित्रकला प्रतियोगितामै गौरी पौडेल  प्रथम, प्रिया चौधरी  द्वितीय  र जेनिषा क्षेत्री  तृतीय  भए ।

कक्षा ५  मा  श्रुति लेखन प्रतियोगितामा सागर कुमाल प्रथम , विराट पौडेल  द्वितीय र अंशिका वरै तृतीय  भइन । कक्षा ६ मा  श्रुति लेखन प्रतियोगितामै दुर्गा चाई प्रथम , मनिषा पाण्डे  द्वितीय  र  निश्चल गुप्ता तृतीय  भएको सुवेदीले बताए । कक्षा ७ मा भएको निबन्ध लेखन प्रतियोगितामा प्राप्ति क्षेत्री  प्रथम , अनुराधा बि क  द्वितीय  र सुदिप मल्लाह तृतीय  भए । कक्षा ८ को कथा वाचन प्रतियोगितामा विपिन बि क प्रथम, सन्तोषी कुंवर  द्वितीय  र गोविन्द ओली तृतीय  भए । कक्षा ९  गाउँ खाने कथा प्रतियोगितामा प्रथम अप्सरा बि क, सवनम खातुन, आशिष गुरुङ, पूर्णिमा कुँवर, अस्मिता सारु, द्वितीय अर्जुन दुवे, सुन्जल घर्ती, रूपेश धवल,  अश्विन कुमाल,  मुकेश गुप्ता  र तृतीयमा पार्वती पछाई ,लक्ष्मी मगर ,मनिषा कुमाल, मधु कुमारी चौधरी , विशाल थारुको समुह रहेको सुवेदीले जानकारी दिए ।

यसै गरि कक्षा १० मा भएको हाजिरी जवाफ प्रतियोगितामा सुनिल नेपाली,  राफिया खातुन, शुशिला ढकाल, सुस्मिता कहार र नारायण पाण्डेको समुह प्रथम, पवन कुमार यादव, सविता मल्लाह, आशिष पाण्डे, मोहित वरै र ललिता धवलको समूह द्वितीय र अमन थारू, सकिना खातुन, संस्कृती जयसवाल, आँचल थारु र ग्रिजेश मल्लाहको समूह तृतीय भएको थियो ।

यो कार्यक्रमले एकै दिनमा एउटै समयमा सबै कक्षामा अलग अलग प्रतियोगिता संचालन गर्न सकिदो रहेछ भन्ने नयाँ अनुभव भएको बिद्यालयका प्रधानाध्यापक मोतिलाल सुवेदीको भनाइ छ ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार