
भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका स्थित छपियामा प्रदेश स्तरीय बिज्ञान संग्रालय निर्माण हुने भएको छ । लुम्बिनी प्रदेशक सरकारको लगानीमा छपिया स्थित पब्लिक माविमा प्रदेश स्तरीय बिज्ञान संग्रालय निर्माण हुन लागेको हो ।
संग्रालयको लुम्बिनी प्रदेशका शिक्षा बिज्ञान युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खानले शिलान्यास गरे । १६ करोडको लागतमा निर्माण हुन लागेको संग्रालयका लागि यस बर्ष १० करोड बिनियोजन गरिएको शिक्षा मन्त्री खानले जानकारी दिए ।
बहुबर्षे योजनाको रुपमा अगाडि बढाईएको सो योजनाको काम केहि दिन भित्रै शुरु गरिने मन्त्री खानले जानकारी दिए । उनले प्रदेश सरकारसंग सिमित श्रोतको कारण आयोजनालाई बहुबर्षिय बनाईएको उल्लेख गर्दै तीन बर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्ने बताए ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले प्रादेशिक बिज्ञान संग्रालयले सियारीलाई शैक्षिक हवको रुपमा बिकास गर्न टेवा पु¥याउने बताए । उनले संग्रालय निर्माण पछि सियारीलाई पर्यटकिय केन्द्रको रुपमा समेत बिकास हुने उल्लेख गर्दे समयमै निर्माण सम्पन्न गर्न आग्रह गरे ।
पहिलो बर्ष संग्रालय भवन निर्माणको सम्पन्न हुने गरी काम अगाडि बढाईको मन्त्रालयले जनाएको छ । बिज्ञान संग्रालय निर्माण भएपछि शिक्षक, बिद्यार्थी तथा बिज्ञान बिषयका अन्वेशकलाई बिज्ञानको इतिहास, बिज्ञानका पुराना देखि नयाँ नयाँ आबिस्कारको अध्ययन अवलोकन गर्न सकिने छ ।
श्रीप्रसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सहायक प्रध्यापक इन्द्र प्रसाद तिवारीले गरेका थिए । कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव मनोज गैरे, सियारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, बिद्यालयका प्राध्यापक डिलाराम खनाल लगाएतले बोल्दै बिज्ञान प्रयोगशालामा रुचि भएकाहरुका लागि अध्ययन अबलोकन गर्न टेवा पुग्ने बताए ।