Logo

रामनरेशको ६७ औं वार्षिक उत्सव तथा अभिभावक समारोह सम्पन्न

ujyalosandesh online २ आश्विन २०७९, आईतवार २२:५७ मा प्रकाशित

भैरहवा । रामनरेश यादव आदर्श नमुना माध्यमिक विद्यालय स्वामीनगर धकधईको ६७ औं वार्षिक उत्सव तथा अभिभावक समारोह सम्पन्न भएको छ ।
उक्त अवसरमा एस.ई.ई. परीक्षामा उत्कृष्ट हुने विद्यार्थी एवम् बाल विकास देखि कक्षा १२ सम्मको कक्षामा प्रथम, द्धितिय, तृतीय आउने विधार्थीहरुलाई विद्यालयले पुरस्कृत गरिएको थियो ।


विद्यालयको शिक्षक, कर्मचारी र जग्गादाता, चन्दादातालाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैजनाथ साहनी (मुकेश) को अध्यक्षता सम्पन्न कार्यक्रम विद्यालयका प्राचार्य रामसुरेश वर्मामाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहायक प्राचार्य इन्द कुमार यादवले स्वागत मन्तव्य राखेका थिए । शिक्षक विरेन्द्र कुमार गौँडको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


पूर्व प्राचार्य मुहम्मद इद्रिश खाँ, पूर्व प्राचार्य रामजित प्रसाद चौधरी,रोहिणी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरी, सामुदायिक अध्यक्ष जय प्रकाश यादव, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार यादव, संजय कुमार गुप्ता, गनपत गुप्ता, बैकुन्ठ नाथ अर्याल, मनोज यादव, कृष्ण चन्द्र मिश्रा, पारसनाथ योगी, धनेश्वर कँवर,संचारकर्मी पशुपति यादव ,उसमन अली, विभिन्न विद्यालययका प्रधानाध्यापक लगायतको सहभगिता रहेको थिए ।

 

 


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार