
विवेक विश्वकर्मा
भैरहवा । ओमसतिया गाउँपालिकाले तरकारीका बिउमा अनुदान दिन सुरु गरेको छ । गाउँपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा बिभिन्न तरकारीका हाईब्रिड प्रदान गरिरहेको जनाएको छ ।
कृषि शाखा प्रमुख केशव चौधरीले गाउँपालिकाबाट काउली, ब्रोकली, बन्दा, टमाटर लगायतको तरकारीको बिउ बितरण सुरु गरेको छ । ब्यवसायीक तरकारी खेती गर्ने किसान वा गाउँपालिकाका अन्य किसानहरुले पालिकामै सम्पर्क राखी ५० प्रतिशत रकम तिरेर बिउ लैजान सक्ने चौधरीले बताए ।
गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) र उपाध्यक्ष सुनिता चौधरीले किसानहरुलाई बिउ बितरण गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए ।
बितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले पालिकाले कृषिलाई प्राथमिकतामा राखी काम गरिरहेको बताए । उनले गाउँपालिकामा ब्यवसायीक तरकारी खेतीलाई प्रश्रय दिन ५० प्रतिशत अनुदानमा बिउ बितरण सुरु गरिएको बताए । “सस्तामै गाउँपालिकाबाट नै बिउ बिजन बितरण सुरु गरेका छौं ।” उनले भने “यसले ब्यवसायीक तरकारी खेतीमा लागेकालाई फाईदा गर्छ नै अन्य किसानलाई पनि ब्यवसायीक तरकारी खेती तर्फ आकर्षित गर्नेछ ।”
आोमसतिया गाउँपालिकाक उपाध्यक्ष सुनिता चौधरीले यसले किसानलाई राहत दिने र उनिहरुलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने गाउँपालिकाले अपेक्षा राखेको बताईन ।
कार्यालय समयमा आएर ओमसतियाका जो सुकै ब्यक्तिले सहुलियतमा बिउ लैजान सक्ने ब्यवस्था रहेको चौधरीले जानकारी दिईन । “तरकारी खेती गर्न चाहने किसान ढुक्क भएर आउनुस, हामी तपाईलाई सहयोग गर्न बसेका हौं ।” चौधरीले भनिन
अहिले तरकारीको बिउ बितरण गरेको गाउँपालिकाले कृषि शाखा मार्फत औषधी, गँहुको बिउ लगायतको सामाग्री अनुदानमा बितरण गर्ने योजना रहेको पालिकाले जनाएको छ ।