Logo

सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ : खाँण

ujyalosandesh online ८ आश्विन २०७९, शनिबार २२:३६ मा प्रकाशित

भैरहवा । शताब्दी पुरुष सत्यमोहन जोशीको आजिवन रेखदेख, औषधी उपचार सरकारले गर्ने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।
भैरहवामा रहेको शान्ती बुद्ध गुम्बा छात्रावास भवनको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले उनलाई सरकारले रेखदेखको साथै अन्य मद्दत पु¥याउन सरकारले निर्णय गरेको जानकारी दिए ।
यस्तै उद्घाटन कार्यक्रममै बोल्दै मन्त्री खाँणले गौतम बुद्धबाट त्याग गर्न सिक्नु पर्ने जिकिर गरे । उनले अहिले निर्वाचनमा उम्मेदवार हुन नेताहरुमा प्रतिष्प्रर्धा भईरहेको जनाउदै सबैलाई टिकट दिन नसकेको कारण बुद्धले झै त्याग गर्न पनि आवश्यक रहेको बताए । मन्त्री खाँणले सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने बताउदैउनले अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने जिकिर गरे ।
गृहमन्त्री बालकृष्ण खाँणले बुद्धको शिक्षा आत्मसात गर्नु पर्ने सबैको दायित्व रहेको बताए । मानव जिवनको सुरुवातमा जति सुकै हिंसा गरे पनि अन्तिममा शान्तीमार्ग लाग्नु पर्ने बुद्धको शिक्षा अहिले पनि उत्तिकै अपरिहार्य रहेको उनको भनाई छ ।
सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका ग्रामीण, शहरी विकास एवम पर्यटन मन्त्री डिल्ली बहादुर चौधरीले लुम्बिनी प्रदेशका बिभिन्न पर्यटकिय स्थलकोहरुको प्रवद्र्धनमा सरकार लागेको दावी गरे । यसको साथै प्रदेशमा रहेका बिभिन्न धार्मिक स्थलहरुको विकास र यसको प्रवद्र्धनमा प्रदेश सरकारले लगानी गरिरहेको उनको भनाई थियो ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार