Logo

ओमसतियामा दशैंको शुभकामना संगै रक्तदान

ujyalosandesh online ११ आश्विन २०७९, मंगलवार १७:३६ मा प्रकाशित

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा बिजया दशमी, दिपावली, नेपाल सम्बवत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले दशैं पर्व हर्षोउल्लसका साथ मनाउदा अरुलाई बाधा नपरोस भनि ख्याल गर्न आग्रह गरिन । उनले असत्य माथी सत्यको जित भएको प्रतिक रुपरुप मनाईने दशैं पर्वलाई संयमताका साथ मनाउन अपिल गरिन । अहिले डेंगीको प्रकोप रहेको हुदा यसबाट सचेत रहन आग्रह गर्दै उनले दशैं तिहारमा आफ्नो वरपर सरसफाई गर्न पनि आग्रह गरिन् ।
दशैंकै अवसर पारे गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधिहरुले रक्तदान गरेका छन् । पर्वको समयमा रगतको अभाव नहोस भन्ने उद्देश्यले शुभकामना संगै रक्तदान पनि गरिएको स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीले जनाए । उनले उक्त कार्यक्रममा १९ जनाले रक्तदान गरेको बताए ।
ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमको अध्यक्षता, गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमम वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर बराल, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, पालिकाका बिभिन्न शाखाका शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शारदा शर्माले गरेकी थिइन् ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार