Logo

धकधईमा कारको ठक्करबाट २१ वर्षीया युवतीको मृत्यु

ujyalosandesh online २० आश्विन २०७९, बिहीबार १०:३७ मा प्रकाशित

रुपन्देही । भैरहवा-परासी सडकखण्डको घकघईमा कारले स्कुटरलाई ठक्कर दिँदा २१ वर्षीया युवतीकाे मृत्यु भएको छ । बुधबार साँझ लु.४१.प ९८७ नम्बरको स्कुटीलाई लु.१ज २८५३ नम्बरको कारले ठक्कर दिँदा स्कुटीमा सवार झरना चौधरीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

तिलोत्तमा– ३ सिर्जनानगर स्थायी घर भएकी उनी घरमा दसैँ मनाएर मामाघर नवलपरासी टीका लगाउन जाँदै थिइन् । धकधईमा कारको ठक्करबाट गम्भीर घाइते बनेकी चौधरीलाई उपचारका लागि भीम अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषित गरेका थिए । चौधरी अनेरास्ववियु जिल्ला कमिटी रुपन्देहीकी सहसचिव हुन् ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार