
भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादवले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् । निर्वतमान प्रतिनिधि सभा सदस्य समेत रहेका यादवले मर्चवारमा अधुरा रहेका कामहरु पुरा गर्न आफुले उम्मेदवारी दिएको बताए ।
५ बर्षे आफ्नो कार्यकालमा कोभिड र लकडाउनका कारण अपेक्षाकृत विकास हुन नसकेको बताउदै उनले मर्चवारमा बिकासको गति बढाउन र बाकी रहेका योजनाहरु पुरा गर्नको लागि क्षेत्र नम्बर ४ का मतदाताले आफुलाई भोट दिन अपिल समेत गरेका छन् ।
यादव संगै निर्वाचन क्षेत्र नम्बर ४ अन्र्तगत प्रदेश सभा सदस्यको लागि ४(क) बाट अष्टभुजा पाठक र ४ (ख) बाट वसिउद्दिन खाँनले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिए ।
यस्तै क्षेत्र नम्बर ४ बाट नै लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिनिधि सधा सदस्यको लाग सर्वेन्द्रनाथ शुक्लले उम्मेदवारी दिएका छन् । उनि संगै प्रदेश सभा सदस्य ४ (क) को लागि कन्हैया बनिया र प्रदेश सभा सदस्य ४ (ख) को लागि मोहनलाल यादवले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।
गृहमन्त्री खाँणद्वारा रुपन्देही ३ बाट उम्मेदवारी
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
खाँण संगै सत्ता गठबन्धनमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोष पाण्डेले ३(क) प्रदेश सभा सदस्य एवम नेपाली कांग्रेसका रामचन्द्र ढकालले ३(ख) बाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
उम्मेदवारी दर्ता गराउदै गृहमन्त्री खाँणले लोकतान्त्रिक परिपाटी र लोकतान्त्रिक बिधिको पालनाको लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गृहमन्त्री खाँणले उम्मेदवारी दर्ता गराएका हुन् । पाँचदलीय गठनबन्धनबाट उनले उम्मेदवारी दर्ता गराएका हुन ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट बिपक्षी गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपक बोहराले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
यसै गरि बिपक्षी गठबन्धनबाट नै प्रदेश सभा ३ (क) को लागि जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य महेन्द्र यादव र प्रदेश सभा ३ (ख)को लागि नेकपा एमालेका तुलसी प्रसाद चौधरीले मनोनयन दर्ता गरेकोे निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।