Logo

मर्चवारका मतदाता भन्छन् “पहिलेको अपेक्षामा धेरै काम भएको छ ”

ujyalosandesh online २९ कार्तिक २०७९, मंगलवार १९:४९ मा प्रकाशित

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ अन्र्तगत पर्ने जिल्लाका दक्षिणी क्षेत्र मर्चवारमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा उम्मेदवार प्रमोद कुमार यादवको जनमत बलियो हुदै गएको छ । बिगतका बर्षहरुमा गरेका बिकास निर्माणका काम हेर्दै मतदाताहरुले प्रमोद कुमार यादवलाई फेरी चयन गर्ने संकेत गरेका छन् ।
मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र कोटहीमाई गाउँपालिकामा केही मतदाताहरुको रुझान बुझ्न खोज्दा प्राय मतदाताहरुले प्रमोद कुमार यादवको नाम लिएका छन । केहीले लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ल र थोरैले मात्र ओम प्रकाश यादव (गुल्जारी) तथा जनमतका भोपेन्द्र यादवलाई चयन गर्ने बताएका थिए ।
रुपन्देही मर्चवारी गाउँपालिका वडा नम्बर ६ बगौलीमा भेटिएका मेडिकल कलेजका बिद्यार्थी समेत रहेका युवा मतदाता अखिलेश कुमार रावले प्रमोद कुमार यादवलाई मत दिने बताए । “यादवलाई नै मत किन” भन्ने प्रश्नमा रावले २०७४ मा नेपाली कांग्रेसका प्रमोद कुमार यादवले जितेर गए पछि गरेको बिकासका कारण मत दिने बताए । “मैले भौतिक पूर्वाधार बिकासको मात्र कुरा गरेको हैन, यहा सामाजिक बिकास र शैक्षिक विकास पनि उत्तिकै भएको छ ।” रावले भने “ पहिला मर्चवारवासी अत्याधिक मुद्दा मामिलामा अल्झिएका थिए, अहिले बुझाइ फेरिएको छ, सोचाईमा पनि परिवर्तन आएको छ ।”
उनले पहिले जस्तो भेदभाव पनि नहुने गरेको उनको भनाई छ । “ अहिले मानिस मानिस बिच बैमनस्यता छैन, कुनै डर त्रास छैन ।” उनले भने “यो परिवर्तन हामीले भित्रै देखी महशुश गर्न पाएका छौं ।”
कांग्रेस नेतृत्वमा भएको सम्पूर्ण बिकासको कारण अहिले यहाका अधिकांश मतदाताले कांग्रेस प्यानललाई नै भोट गर्ने उनले बताए ।
युवा राव मात्र हैन कोटहीमाई गाउँपालिका वडा नम्बर ५ की वृद्धा मोहबती हरिजनले पनि कांग्रेसका यादवलाई नै भोट दिने बताईन । सबै संग घुलमिल गर्ने यादवको बानी उनलाई साह्«ै मन परेको रहेछ । “अन्य नेताहरु भेदभाव गर्छन, जातीगत रुपमा, विपन्नताको आधारमा हेय गर्छन, प्रमोद बाबुमा त्यो छैन ।” हरिजनले स्थानिय भाषामा भनिन “ मसंग आर्शिवाद माग्न आउनु भएको थियो, मैले तपाईले नै जित्नु हुन्छ भनेर पठाएकी छु ।”
सबै मतदाता संग घुलमिल गरेर बस्न सक्ने नेता यादवको गुण हो । कोभिडको समयमा पनि सबै घरमा बस्दा उनि रुपन्देहीकै पहिलो कोभिड संक्रमितको गाउँ पूर्निहवा पुगेका थिए ।
तर मर्चवारी छ का राजित यादवलाई प्रमोदको यो सबै गुणहरु भन्दा उनले भारतबात मल र बिउ ल्याउन सहज बनाईदिएकोमा खुशी लागेको छ । उनले पहिला भारतबाट मल ल्याउदा दुबै देशका सुरक्षाकर्मिले दुख दिने गरेको बताउछन् । “हामीले खेतमा मल हाल्न भारतबाट ल्याउनु पर्छ, पहिला धेरै दुख हुने गरेको थियो ।” यादवले भने “प्रमोद यादव आए पछि मल ल्याउन सहज भएको छ ।” उनले पहिलेको अपेक्षामा अहिले धेरै विकास भएको बताए ।
कोटहीमाई गाउँपालिका वडा नम्बर ५ का रामअवध पासवानले कति बर्ष देखि त मर्चवार सरकारको नजरमै नपरेको बताए । “अहिले गाउँपालिका बन्यो, केही काम पालिकाले गरेको छ ।” उनले भने “५ बर्ष यता धेरै काम भएको छ, एकै पटक त विकास हुन्न नि, बिस्तारै मर्चवारमा बिकास हुदैछ ।”
उनले जुनसुकै पार्टीको सरकार बने पनि मर्चवारमा बिकासलाई निरन्तरता दिनु पर्ने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार