Logo

एमाले जिल्ला सदस्य आचार्य र राप्रपा जिल्ला सदस्य अधिकारी कांग्रेस प्रवेश

ujyalosandesh online ३० कार्तिक २०७९, बुधबार २२:४६ मा प्रकाशित

भैरहवा । नेकपा एमालेका रुपन्देही जिल्ला सदस्य टिकाराम आचार्य नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । भैरहवामा साँझ आयोजित कार्यक्रकमा गृहमन्त्री बालकृष्ण खाणले आचार्यलाई पार्टी सदस्यता प्रदान गरी पार्टीमा स्वागत गर्नुभयो । सियारी गाँउपालिका वडा नं ७ अमुवा निवासी आचार्य पार्टीमा बलियो पकड भएका नेता मानिनुहुन्छ । आयार्यलाई पार्टी प्रवेश गरेलगत्तै नेपाली कांग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा मनोनयन गरिएको छ ।

आचार्यलाई कांग्रेस जिल्ला सभापति रामकृष्ण खाणले आमन्त्रित जिल्ला सदस्यमा मनोनयन गरेपछि कांग्रेस केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य पदमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार रहनुभएका खाणले आमन्त्रित जिल्ला सदस्य मनोनित गरिएको पत्र प्रदान गर्नुभयो ।

त्यस्तै सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका रुपन्देही जिल्ला सदस्य युवराज अधिकारी पनि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँलाई पनि गृहमन्त्री खाणले पार्टी सदस्यता प्रदान गर्नुभयो । पर्टी प्रवेश गरेलगत्तै अधिकारीलाई पनि नेपाली कांग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरिएको छ । दुवै जनालाई पार्टीमा स्वागत र जिम्मेवारी प्रदान गर्दै कांग्रेस केन्द्रीय सदस्य रहनुभएका गृहमन्त्री खाणले आचार्य र अधिकारी क्रियाशील भएर संगठन सुदृढीकरणमा लाग्ने विश्वास व्यक्त गर्नुभयो । आचार्य र अधिकारीले आफूहरु कांग्रेसको संगठन निर्माणमा क्रियाशील भएर लाग्ने बताउनुुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार