Logo

सियारीद्वारा कृषकलाई कृषि सामाग्री हस्तान्त्रण

ujyalosandesh online ६ पुष २०७९, बुधबार ०८:०२ मा प्रकाशित

भैरहवा । सियारी गाउँपालिकाले कृषकलाई कृषि सामाग्री तथा बिउविजन हस्तान्त्रण गरेको छ ।
पालिकाले वडा नम्बर २ र ३ का कृषकहरुलाई सियारी स्मार्ट कृषि कार्यक्रम कार्यन्वयन समितिबाट प्राप्त सामाग्री कृषकहरुलाई हस्तान्त्रण गरिएको हो ।
उक्त सामाग्री गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु लगाएतले कृषकलाई हस्तान्त्रण गरेका हुन् । पालिकाले कृषकहरुलाई चापकटर मेसिन, मनिरल, पंखा, दुध राख्ने डि फ्रिज, सिचाईको लागि मोटर, काउमेट, बिउपल लगाएतका सामाग्री हस्तान्त्रण गरेको अध्यक्ष घिमिरेले जानकारी दिए । 


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार