Logo

भैरहवामा इन्द्रेणीले गर्‍यो सामाजिक परीक्षण

ujyalosandesh online १४ पुष २०७९, बिहीबार २२:५३ मा प्रकाशित

भैरहवा । इन्द्रेणी ग्रामीण बिकास केन्द्र रुपन्देहीले सामाजिक परीक्षणको प्रारम्भिक प्रतिबेदन सार्बजनिकीकरण कार्यक्रम बिहिबार सम्पन्न गरेको छ ।
भैरहवामा आयोजना गरिएको कार्यक्रममा श्रोत व्यक्ति गोबिन्दबहादुर बस्नेतले संस्थाले कार्यक्रम तथा बित्त व्यबस्थापन र संस्थागत परियोजना मार्फत समुदायमा सञ्चालन गरेका कृयाकलापको बिषयमा अनुसन्धनात्मक प्रतिबेदन प्रस्तुत गरे ।
इन्द्रेणीले रुपन्देहीका १६ बटै पालिकामा फेयरमेड फाउण्डेसनको सहयोगमा आधारभूत स्वास्थ्य परियोजना तथा रुपन्देहीको सैनामैना र कञ्चनमा आड्रा नेपालको सहयोगमा नेपालमा साना दुग्ध उत्पादक कृषकहरुको लागि ग्रामीण कृतिम गर्भाधान अभिबृद्धि परियोजना सञ्चालन गरिरहेको बित्त तथा प्रशासन प्रमुख राजु शाहले जानकारी दिए।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईले इन्द्रेणीले ग्रामीण क्षेत्रको आर्थिक, सामाजिक तथा जनस्वास्थ्यको क्षेत्रमा समन्वयात्मक रुपमा उपलव्धीमूलक कार्यक्रम गरिरहेको बताए। कृतिम गर्भाधान सम्वन्धी कार्यक्रमलाई रुपन्देहीको दक्षिणी क्षेत्रमा समेत बिस्तार गर्न समन्वय प्रमुख चपाईले सुझाव दिए ।
शुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद बस्यालले स्थानीय सरकारलाई समस्याको पहिचान गराएर समस्या समाधानका लागि सामाजिक संघसंस्थाहरुले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताए । उनले बजेटमा समेत साझेदारी हुने हो कार्यक्रम थप प्रभावकारी हुने बताए । फेयरमेडका साझेदारी तथा सुशासन बिज्ञ तुल्सीराम खनालले उपेक्षित उष्णप्रदेशिय रोगलाई न्यूनिकरण गर्नका लागि उपचार र सचेतनाका कार्यक्रमलाई संगसंगै लैजानु पर्ने बताए ।
कार्यक्रममा इन्द्रेणीका अध्यक्ष महेन्द्रप्रसाद पाण्डे ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे,गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश सदस्य रिमा बि सि , जिल्ला उपाध्यक्ष समिता मल्ल, इन्द्रेणीका कार्यकारी निर्देशक प्रदिप शाह, सेवाग्राहीको तर्फबाट सन्दीप कुर्मी, बिपद दर्जी, संस्थाका परियोजना अधिकृत बिबेक ज्ञवाली र स्वास्थ्य कार्यकर्ता सरस्वती थापा लगाएतले बोलेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार