
भैरहवा । बसन्तपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको ५ औ बार्षिक साधारणसभा एक कार्यक्रमका बिच शनिबार सम्पन्न भएको छ ।
२०७५ साल आसोज ११ गते ओमसतिया गाउपालिकाको सहकारी शाखामा दर्ता भएको बसन्तपुर साना किसान सहाकारीमा ६ सय २ जना शेयर सदस्य रहेको अध्यक्ष अनिता वाग्ले ज्ञवालीले बताइन । ६ सय २ जना मध्ये १८ जना मात्र पुरुष रहेको र बाकी सबै महिला शेयर सदस्य रहेको उनले बताइन । यस्तै ५ करोड १२ लाख पूजी रहेको ज्ञवालीले जानकारी दिइन ।
साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत, छलफल र अनुमोदन, लेखा समितिको प्रतिवेदन प्रस्तुत र अनुमोदन, आर्थिक बर्ष २०७८।०७९को लेखापरिक्षण प्रतिवेदन प्रस्तुत, छलफल र अनुमोदन, लेखापरिक्षक नियुक्ति र पारिश्रमीक तोक्ने, अनुमानीत बजेट प्रस्तुत र स्वीकृति सम्बन्धमा, शेयर लाभांश वितरण सम्बन्धमा र व्याजदर सम्बन्धमा छलफल भएको संस्थाका ब्यवस्थापक अजय कुमार पाण्डेले बताए ।
साधारणसभामा बोल्दै ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले स्थानिय सहकारीमा लगानी गर्न अनुरोध गरे । बर्तमान परिस्थितिमा सहकारीका ग्राहकहरु आफ्नै सहकारीबाट डराउनुपर्ने अवस्था रहेको र कतिपय सहकारीहरु निक्षेपकर्ताहरुको रकम फिर्ता गर्न नसकिरहेका अवस्थामा स्थानिय सहकारीमा लगानी गर्न आग्रह गरे । उद्देश्य भन्दा बाहिर गइ बढी ब्याजको लोभमा सहकारीमा पैसा जम्मा गर्नेहरु अहिले नोक्सानमा परिरहेका बताउदै उनले सहकारीहरु पनि आकर्षक नारा ल्याइ ग्राहक बढाउने र गैरउत्पादन मुलक काममा लगानी गर्दा अहिलेको अवस्था आएको बताए ।
संस्थाकी अध्यक्ष अनिता वाग्ले ज्ञवालीको अध्यक्षता, गाउपालिका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आतिथ्यताम सम्पन्न कार्यक्रममा वडा नम्बर ४ का वडा कअध्यक्ष अखिलेश्वर शुक्ल, कोटिहवा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नारायण अर्याल, गोर्खा एनर्जीका माधव बन्जाडे लगायतले बोलेका थिए । संस्थाका ब्यवस्थापक अजय कुमार पाण्डेको सन्चालन तथा उपाध्यक्ष हरिराम हरिजनको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
लोकप्रिय समाचार