Logo

धोती कुर्तामा सजिएर भोजपुरी भाषामा कन्हैयाको शपथ

ujyalosandesh online १७ पुष २०७९, आईतवार २०:४१ मा प्रकाशित

 

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४(१) बाट लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य कन्हैया बनियाले स्थानिय भोजपुरी भाषामा शपथ लिएका छन् ।
मधेशको पहिरन धोती कुर्तामा देउखुरी उपत्यकाको लुम्बिनी प्रदेश सभामा बनियाले जनताको हित चिताई कसैको डर धम्की तथा त्रासमा नपरी पक्षपात रहित प्रदेश सभाको कामकाज गर्ने शपथ लिए । शपथ पछि बोल्दै बनियाले रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार शिक्षा, स्वास्थ्य र बिकासको दृष्टिले अझै पनि पछाडी रहेको कारण अब सोही क्षेत्रको विकासमा होमिने बताए । मर्चवार जस्तो ग्रामीण क्षेत्रबाट चुनिएर आएकोले आफ्नो जिम्मेवारी झनै बढेको उनले बताए । “जनताले जुन सोच र अपेक्षा राखेर निर्वाचित गरेर पठाउनुभएको छ ।” उनले भने “कसरी हुन्छ म प्रदेश सभाको मार्फत ती अपेक्षाहरु पुरा गर्न लाग्नेछु ।”


८७ जना प्रदेशसभा सदस्यमध्ये नौ जनाप्रदेश सभा सदस्यले मात्र मातृभाषामा शपथ लिएका छन् भने बाँकी ७८ जनाले नेपाली भाषामै शपथ लिएका छन् । स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा रहेको प्रदेशसभा भवनमा शपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो । प्रदेशसभा नियमावली ०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भई आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्थाअनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण गराइएको हो ।
लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ । माओवादी केन्द्रले ९, राप्रपा ४, नागरिक उन्मुक्ती ४, जसपा ३, जनमत ३, लोसपा ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् । अघिल्लो प्रदेशसभामा ५ दलको उपस्थिति रहेकोमा यस पटक लुम्बिनी प्रदेश्सभाका दलको संख्या १० पुगेको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार