
भैरहवा । नरैनापुरमा चौथो ओमसतिया कला सस्कृती महोत्सव २०७९ माघ १ गतेबाट सुरु हुने भएको छ । महोत्सवमा हुने कुस्ती प्रतियोगितामा पहलवान देवा थापाले सहभागीता जनाउने आयोजकले बताएका छन । ओमसतिया गाउपालिकाको वडा नम्बर ६ नरैनापुरमा श्री रामजानकी मन्दिर रंगशाला सभाहल ब्यवस्थापनमा महोत्सव हुने आयोजकले बताएका छन ।
कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा माघ १ देखि ३ गते सम्म कुस्ती महामुकाबला प्रतियोगिता , ५ गते सम्म झुमडा तथा टिकटक स्टारहरुको प्रतियोगिता ,अन्तर बिद्यालय नृत्य प्रतियोगिता तथा बेलुका ६ बजे देखि बिराहा सास्कृतिक कार्यक्रम का साथ राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने आयोजक समितिका संयोजक तथा ओमसतिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शिव कुमार धवलले बताए ।
नरैनापुर रंगशालामा हुने महोत्सवमा स्थानिय उत्पादन हरुको प्रदर्शन तथा बिक्रि ,कृषि प्रदर्शन , खाना उत्सव, माघिको अवसरमा खिचडी उत्सव तथा थारु संस्कृती झल्कने कार्यक्रम समेत हुनेछ। कार्यक्रम मा प्रवेश निशुल्क हुने तथा स्टल राख्न चाहने हरुले समेत कुनै शुल्क तिर्न नपर्ने आयोजकले बताएका छन । प्रतियोगितामा देवा थापा सहित भारत र नेपालका नामी पहलवानहरुले सहभागिता जनाउने धवलले बताए । यस संगै महोत्सवमा स्थानिय संस्कृतिको संरक्षण गर्न सान्स्कृतिक कार्यक्रम समेत हुने उनले बताए ।
बिगतमा २०७५ साल देखि हुँदै आएको महोत्सव बिचमा १ पटक कोरोनाको कारणले हुन सकेको थिएन । महोत्सवको यो चौथो सस्करण हो । महोत्सवमा कुल २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ। महोत्सब बाट बचत रकमले एम्बुलेन्स खरिदमा प्रयोग गरिने र एम्बुलेन्स खरिदमा सहयोगका लागि महोत्सव स्थलमा दान पेटिका पनि राखिने आयोजक्ले बताएका छ्न।