Logo

ओमसतियामा खुल्ला नकआउट भलिबल प्रतियोगिता सम्पन्न

ujyalosandesh online २ माघ २०७९, सोमबार २१:३४ मा प्रकाशित

भैरहवा । युथ क्लब आफ पडसरीले आयोजना गरेको खुल्ला नकआउट भलिबल प्रतियोगितामा चरंगे युवा क्लब बुटवलले प्रथम स्थान हासिल गरेको छ । माघे संक्रान्तिको अवसरमा अयोजित उक्त प्रतियोगिता पुस २९ गते देखि सुरु भई माघ २ गते समापन भएको हो ।
प्रतियोगितामा विभिन्न क्षेत्रबाट १६ टिम सहभागी रहेका थिए । प्रतियोगितामा युथ क्लब अफ पडसरी द्वितीय, मणिमुुकुन्द युवा क्लब तृतीय स्थान हासिल गरेको अयोजक क्लबका अध्यक्ष गुमान सिंह घर्तीले जानकारी दिएका छन् । बिजेता टीम प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार नगदबाट पुरस्कृत गरिएको अध्यक्ष घर्तीले बताए । समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले खेलले राष्ट्रको गौरव उच्च राख्ने गरेको हुदाँ खेललाई प्रथमिकतामा राखेको बताए । गाउँपालिका स्तरबाटै राष्ट्रिय तथा अन्तरष्ट्रिय स्तरका खेलाडी उत्पादन भएकोले यस प्रति गाउँपालिका गम्भीर रहेको बताए । गाउँपालिका भित्रका खेलाडीहरुलाई सहयोग गर्ने उनले प्रतिबद्धता ब्यक्त गरेका थिए ।
ओमसतिया गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सितल जिटीले नयाँ पुस्तका खेलडीहरुलाई हौसला प्रदान गर्ने कार्यक्रम ल्याउने बताए ।
प्रतियोगतको मुख्य प्रयोजक कृष्टल बोटलर्स प्रा.लि.,सह प्रयोजक ओमसतिया गाउँपालिका, प्रयोजक एस.आर. फुड लगायतका रहेका थिए ।
कार्यक्रम क्लबका अध्यक्ष गुमान सिंह घर्तीको अध्यक्षता तथा क्लबका सचिव सुरेश मिश्रको संचालन सम्पन्न भएको थियो ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार