Logo

कोटहीमाई कक्षा १० मा अध्यनरत छात्राहरुलाई साइकल वितरण हुदै

ujyalosandesh online ३ माघ २०७९, मंगलवार २१:२८ मा प्रकाशित

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले गाउँपालिका भित्र सामुदयिक विद्यालयका कक्षा १० मा अध्यनरत छात्राहरुलाई साइकल वितरण गर्ने निर्णय गरेको छ । पुस १९ गते बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।
गाउँपालिका भित्र रहेका ७ वटा सामुदयिक विद्यलयको कक्षा १० मा अध्यनरत २ सय ३१ छात्राहरुलाई साइकल वितरण गर्ने कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । छात्राहरुलाई शिक्षा तर्फ अकर्शित गराउन उक्त योजना ल्याइएको अध्यक्ष त्रिपाठीले बताए । कक्षा १०मा अध्यान गर्ने छात्राहरुलाई अध्यानको भार बढी हुने र घरको कामकाजमा बढी समय दिने गरेकोले समयमा विद्यालय पुग्न समेत उद्देश्य राखिएको अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । गाउँपालिका भित्र धेरै विपन्न परिवार समेत रहेकोले अर्थिक अवस्था कमजोरले गर्दा साइकलेको ब्यवस्था समेत गर्न नसकेको र धेरै छात्राहरुले पैदल जाने बाध्यता अन्त्य हुने उनले बताए ।
साइकल खरीदको लागि बोलपत्र आहवान समेत भइसकेको अब केही दिन भित्र स्कृती भएपछि खरीद गरी वितण गर्ने प्रकृया अघी बढाइने अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार