Logo

भैरहवामा थारु संस्कृति जोगाउन माघ महोत्सव

ujyalosandesh online ४ माघ २०७९, बुधबार १९:५३ मा प्रकाशित

भैरहवा । थारु संस्कृति, भेषभुषा, खानपिन जोगाउने उद्देश्य सहित भैरहवामा “२६४७ औं थारु लवा बर्ष एवम माघ महोत्सव” आयोजना हुने भएको छ । थारुहरुको नया बर्षको अवसरमा माघ पर्व (खिचडी) महोत्सव माघ ७ गते हुने आयोजकले जानकारी दिएका छन् । थारु कल्याणकारीणी सभा जिल्ला कार्यसमिति रुपन्देही तथा ओमसतिया गाउँपालिकाको सह आयोजनामा पडसरीमा कार्यक्रम हुने थारु कल्याणकारीणी सभा जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष शतिश कुमार चौधरीले जानकारी दिए । “थारु भाषा, कला संस्कृति अउर पहिचान, न्याय समानता, अधिकारके संघर्ष हम्मनके अभियान” को मूल नारा सहित थारुहरुले धुमधामका साथ थारु लवा बर्ष मनाउने उनले जानकारी दिए ।

गौतम बुद्ध पनि थारु समुदायकै भएकै दावी सहित थारुहरुको बर्षलाई गौतम बुद्धको जन्ममिति अनुसार २६४७ औं बर्षको रुपमा लिईएको चौधरीले बताए । उनले माघ १ गते माघी बनाईने भए पनि थारुहरुको लागि माघ महिना भरि नै उत्सवको रुपमा हुने गरेको बताए । माघ महिनामै तत्कालीन समयमा थारुहरुले बडघर फेर्ने, ज्याला बढाउने, घरको दाजुभाईमा सरसल्लाहले छुट्टिने लगायतका कारण माघ महिना नै महत्वपूर्ण रहेको चौधरीको भनाई छ ।

आदीवासी थारुहरु तराईको धर्तिपूत्रको रहे पनि उनिहरु जनसंख्याको आधारमा अहिले पनि प्रतिनिधित्व नभएको हुदा अब थारुहरु पनि आर्थिक कारोबार एवम राजनिति लगायतमा सक्रिय हुने अवश्था आएको उनको भनाई छ । महोत्सवले यस्ता थारुहरुलाई अगाडी बढाउने अपेक्षा गरेको चौधरीले बताए ।

महोत्सवमा बिशुद्ध थारु कार्यक्रमहरुको आयोजना गरिने ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बताईन । जिल्लाको बिभिन्न भागमा रहेका थारु समुदायहरु आ–आफ्नो झाँकी सहित कार्यक्रम स्थल पुग्ने कार्यक्रम स्थलमा थारु कला संस्कृतिका महत्वपूर्ण कार्यक्रमहरु आयोजना हुने उनले बताईन । यसका साथै महोत्सवमा थारु परिकारका रुपमा परिचित घोङी, ढिकरी, रिकवच, माछा लगायतका परिकारहरु राखिने चौधरीले जानकारी दिईन । सोही दिन थारु कल्याणकारीणी सभाको सचिवालय भवन तथा थारु संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको चौधरीले बताइन ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार