Logo

ओमसतिया–५ मा वडा स्तरिय क्रिकेट प्रतियोगिता

ujyalosandesh online २५ फाल्गुन २०७९, बिहीबार १८:३८ मा प्रकाशित

भैरहवा । ओमसतिया गाउँपालिकाको वडा नम्बर ५ मा वडा स्तरिय क्रिकेट प्रतियोगिता बिहिबारबाट सुरु भएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष मदन प्रसाद पोखरेल र वडा नम्बर ४ का वडा अध्यक्ष अखिलेश्वर पाण्डेले संयुक्त रुपमा उक्त प्रतियोगिताको सुभारम्भ गरेका छन् ।
वडा स्तरबाट क्रिकेटको खेलाडी उत्पादन गर्ने लक्ष्य सहित वडाकै सहयोगमा प्रतियोगिता सुरु गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष मदन प्रसाद पोखरेलले बताए । ग्रामीण क्षेत्रमा क्रिकेटका उर्जावान खेलाडी रहेको हुदा प्रतियोगिताले यस्ता खेलाडीलाई प्रोत्साहन गर्ने पोखरेलले बताए ।
१० ओभरको फम्र्याटमा खेलाईने प्रतियोगितामा ८ वटा टिम सहभागी रहेको पोखरेलले बताए । प्रतियोगितामा पहिलो हुने टिमलाई नगद १८ हजार सहित ट्राफि र प्रमाण पक्र दोश्रो हुने टिमलाई नगद १२ हजार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने उनले बताए । यस बाहेक प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर लगायतलाई पनि पुरस्कृत गरिने पोखरेलले जानकारी दिए ।
आज सम्म भएको प्रतियोगिताको उदघाटनमा वडा नम्बर ४ का वडा अध्यक्ष अखिलेश्वर पाण्डे, वडा नम्बर ५ का वडा सदस्यहरु चन्द्रभावती लोध, उमाशंकर चौधरी, प्रेम लोध, कमली हरिजन, स्थानीय अगुवा केशव यादव, सुनिल यादव  लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्थानिय दुर्गेश यादवले गरेका थिए ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार