Logo

बिकास निर्माणका काममा उपाध्यक्ष चौधरीको अनुगमन

ujyalosandesh online २९ फाल्गुन २०७९, सोमबार १६:४७ मा प्रकाशित

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले गाउँपालिकाभित्र निर्माण भइरहेका विकास निर्माण कार्यको स्थलगत निरीक्षण तथा अनुगमन गरेकी छन् । सोमबार उनले ओमसतिया–५ गौरी,भेलाइ पोखरा पटखौली देखि लोधपुरवा जाने बाटो ,पटखौली माविको भवन र पटखौली स्थित पोखरीमा निर्माणाधीन छठघाट निर्माणस्थलको निरीक्षण गरेकि हुन् । त्यस्तै उपाध्यक्ष चौधरीले ओमसतिया–६ मझौली स्थित निर्माणाधिन नालीको निरीक्षण गरेकी छन् ।
अनुगमनका क्रममा उनले निर्माण व्यवसायी तथा इञ्जिनियरहरुलाई गुणस्तरमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएकी छन् । उनले निर्माण भइरहेका स्थानमा अनिवार्य रुपमा सूचना बोर्ड राख्न समेत निर्देशन दिएकी हुन् । उपाध्यक्ष चौधरीले भने, ‘निर्माण कार्यमा कमसल सामग्री प्रयोग नगर्न निर्देशन दिइएको छ । त्यस्तै कहीकतै कमसल सामग्रीको प्रयोग भएको पाइए कारवाही हुने भन्दै सचेत गराएका छौं । ’

निर्माण कार्य गुणस्तरहीन भए पुनः निर्माण गर्नुपर्ने भनेर पनि सचेत गराइएको उपाध्यक्ष चौधरीको भनाइ छ । उनले निर्माण कार्यमा कुनै गुनासो नआउने गरी काम गर्न निर्माण व्यवसायीलाई भनिएको बताए । अनुगमन तथा निरीक्षणमा उपाध्यक्ष चौधरी सँग ओमसतिया–५ का वडाअध्यक्ष मदनप्रसाद पोखरेल, कार्यपालिका सदस्य गुन्जा चौधरी,योजना तथा प्रविधिक शाखा प्रमुख इन्जिनियर निर्मल कुमार थापा , इन्जिनियर शैलेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार