
भैरहवा । रुपन्देही प्रहरीले गाडि चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । भैरहवा स्थित सिद्धार्थनगर ८ अन्नपुर्ण टोलबाट रोकि राखेको छोटा हात्ति गाडि चोरी गर्ने व्यत्तिलाई सिनपा ९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कुन्दन श्रेष्ठको नाममा रहेको उक्त गाडि चोरी गरी सिनपा ९ नालान्दा स्कुल पछाडी खेतमा रोकी राखेको अबस्थामा फेला परेको गाडी र सो भित्र शंकास्पद रुपमा बसेका दुई जनालाई अनुसन्धान गर्दा उनीहरुले नै चोरी गरेको प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीले सिनपा ८ बस्ने २३ बर्षिय रिवेश गुरुङ र ३ बस्ने २४ बर्षिय बिवेक परियारलाई पक्राउ गरी ५ दिन का लागि अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाईएको बताएको छ ।
लोकप्रिय समाचार