
भैरहवा । बसन्तपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
ओमसतिया-४ बसन्तपुर स्थित खानेपानी सभा हलमा आयोजित साधारण सभाको उद्घाटन् ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु)ले गरेका थिए ।
बसन्तपुर खानेपानी उपभोक्ता समितिका लक्ष्मण पन्थी उपाध्यायको सभापतित्व रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव, गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी , वडा नं ४ वडाअध्यक्ष अखिलेश्वर कुमार पाण्डे, योगीकुटी खानेपानी प्रमुख गुणनिधी पोखरेल , संचारकर्मी कमल रायमाझी, नवलकिसोर सिंह , रामनयन चौधरी लगायतले बोलेका थिए ।
सो अवसरमा अध्यक्ष पन्थी उपाध्यायले आगामी योजना सहितको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन खानेपानीका मनोनीत सदस्य अरुण कुमार चौधरीले गरेका थिए ।
लोकप्रिय समाचार