Logo

ओमसतियाका विभिन्न विद्यालयमा अध्यक्ष र उपाध्यक्षको अनुगमन

ujyalosandesh online ६ चैत्र २०७९, सोमबार १८:११ मा प्रकाशित

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) र उपाध्यक्ष सुनिता चौधरीले गाउँपालिकामा रहेका विभिन्न सामूदायिक विद्यालयमा पुगेर अनुगमन तथा निरीक्षण गरेका छन् । ओमसतिया गाउँपालिकामा जारी रहेको गाउँपालिका स्तरिय कक्षा ८ को परिक्षा केन्द्रहरुमा अध्यक्ष यादव र उपाध्यक्ष सुनिता चौधरीको अलग अलग टिमले अनुगमन गरेका हुन् ।
विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने र परिक्षालाई मर्यादित एवम सहज बनाउन विद्यालयमै पुगेर अनगुमन गरिएको अध्यक्ष यादवले बताए ।
गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ’, विधार्थी र अभिभावकहरुलाई आग्रह गर्दै उनले भने, ’यदि कुनै विधालयमा केही कमी कमजोरी छ भने हामीलाई जानकारी गराउनुस् ।’
कक्षा ८ को परिक्षा बिद्यार्थीहरुको पहिलो बोर्ड परिक्षा जस्तो भएकोले नआत्तिकन परिक्षा दिन उपाध्यक्ष चौधरीले बिद्याथीहरुलाई सुझाव दिइन ।
अनुगमन समिति संयोजक समेत रहेकी चौधरीले कुनै पनि विधालयमा गराईने अध्यापनमा कुनै किसिमको ढिलासुस्ती सह्य नहुने बताईन ।
परिक्षा रहे सम्म र शिक्षाको गुणस्तरको बिषयमा आगामी दिनमा अन्य विद्यालयमा पनि निरीक्षण तथा अनुगमन गरिने गाउँपालिका अध्यक्ष यादवले बताए । अनुगमनमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरि पोखरेल, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह चौधरी लगायतको सहभागीत रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार