Logo

भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः फैज अहमद खान

ujyalosandesh online ७ चैत्र २०७९, मंगलवार ०८:२४ मा प्रकाशित

भैरहवा । श्री भानु माध्यमिक विद्यालय व्यवस्थापन समिति सिद्धार्थनगर–९, रुपन्देहीको अध्यक्षमा पुनः फैज अहमद खान चयन भएका छन् । शनिबार सम्पन्न विद्यालयको अभिभावक भेलाले व्यवस्थापन समितिको सदस्यमा फैज अहमद खान, राम सेवक चौधरी (कुर्मी), प्रियंका कहार र रेखा हरिजनलाई चयन गरेको थियो । चार जना सदस्यहरुको बैठकले अध्यक्षमा खानलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिको सदस्यमा दिलिप कुमार यादव र लक्ष्मी पाण्डे मनोनित भएका छन् । त्यस्तै समितिको पदेन सदस्यमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारी, सदस्य सचिवमा प्रधानाध्यापक मोतीलाल सुवेदी, शिक्षक प्रतिनिधिमा पवित्रा कोइराला र सल्लाहकारमा राम मिलन यादव चयन भएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार