
भैरहवा । ओमसतिया गाउपालिकाले नया बर्ष २०८० को भित्तेपात्रो बिमोचन गरेको छ । बिहिबार गाउपालिकामा आयोजित नया बर्षको शुभकामना आदान प्रदान कार्यक्रम एवम भित्तेपात्रो बिमोचन कार्यक्रममा गाउपालिका अध्यक्ष
मन्जित कुमार यादव (सोनु), प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, गाउपालिकाका प्रवक्ता एवम वडा नम्बर ५ का प्रवक्ता मदन प्रसाद पोखरेल, वडा नम्बर २ का वडा अध्यक्ष शितल जीटी, ४ का वडा अध्यक्ष अखिलेश्वर कुमार पाण्डेले संयुक्त रुपमा नया बर्षको भित्तेपात्रो बिमोचन गरेका हुन ।
कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष यादवले २०७९ सालमा पालिकाले गुनासोरहित कार्यसम्पादन गरेको जनाउँदै नयाँ वर्ष २०८० मा पनि अझै उत्कृष्ट कार्यसम्पादन गर्न सबै कर्मचारीलाई आग्रह गरे । उनले नया बर्षले कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध अझै सुमधुर हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा गाउपालिकामा कार्यरत विभिन्न शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरुले शुभकामना ब्यक्त गरेका थिए । शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलको स्वागत एवम चक्रपाणी गैरेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।