Logo

भैरहवामा कोहिनूर मल्टी–स्पेशलिटी क्लीनिक विशेषज्ञ चिकित्सकसहितको सेवा

ujyalosandesh online ११ बैशाख २०८०, सोमबार २२:१० मा प्रकाशित

भैरहवा । भैरहवास्थित कोहिनूर मल्टी–स्पेशलिटी क्लीनिक विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान गर्ने भएको छ । केही समयदेखि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित नयाँ सडक (पुरानो बाल अस्पताल) को भवनमा सञ्चालनमा आएको क्लीनिकले विशेषज्ञ चिकित्सकसहित विभिन्न रोगको उपचार तथा परामर्श सेवा उपलब्ध गराउने जनाएको छ ।

कोहिनूर मल्टी–स्पेशलिटी क्लीनिकका प्रबन्ध निर्देशक अफजल खानले बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उद्देश्य प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा आएका क्लीनिकले विशेषज्ञ चिकित्सकसहित सेवा उपलब्ध गराउने बताए ।

उनले क्लीनिकमा पेट, आन्द्रा, कलेजो, प्यानक्रियाज, सामान्य चिकित्सा (जनरल फिजिसियन), मुत्र, नशा, मुटु रोगसम्बन्धि विशेषज्ञ डाक्टर क्रमशः डा. अरुण ज्ञवाली, डा. राजन भण्डारी, डा. सुभाषचन्द्र चौधरी, डा. अर्जुन बुढाथोकी र डा. के.आई. सिंह के.सी.द्वारा परीक्षण तथा चेकजाँच गरिने जानकारी दिए ।

उनले वैशाख ११ गते सोमबार (आज) देखि नै बिरामीले नाम दर्ता गर्न सक्ने बताए । नाम दर्ताका लागि मोबाइल नम्बर ९८५७०२३८८६ र ९८११९४४९६१ म सम्पर्क गर्न सकिने खानले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार