Logo

लुम्बिनी आउने पर्यटकका लागि गैडहवामा कोसेली तयार हुँदैछ

ujyalosandesh online ३ जेष्ठ २०८०, बुधबार १२:२१ मा प्रकाशित

भैरहवा । गैडहवा गाउँपालिका वडा नम्बर ३ बस्ने ईसरावती कोहार वडामै सञ्चालित तालीममा तल्लिन छिन । गैडहवा गाउँपालिकाले स्थानिय महिलालाई लक्षित गरि ७ दिने चुरापोते बनाउने तालिममा करिब ५० वर्षिय ईसरावतीको लगाव हेर्न लायक छ । अन्य सिकारु युवतीहरुसँगै उनले पनि आय आर्जन गर्ने उद्देश्यले तालिम लिई रहेकी छन् ।
हातेमालो बहुउद्देश्यीय केन्द्रको संयोजनमा भईरहेको तालीममा ५० वर्षिय ईसरावती संगै करिब १८ वर्षिय किशोरी पुष्पा यादव पनि सहभागी छिन । आफ्नो गाउँमै यस्तो तालीमको अवसर पाएको र यसमा सम्भावना देखेर तालीम लिन आएको पुष्पा बताउछिन ।
चुरापोते मात्र हैन गैडहवा गाउँपालिकाले महिला, एवम किशोरीहरुलाई लक्षित गरि कुशन, गुडिया लगायतका समान बनाउने तालिम प्रदान गरिरहेको छ । महिलाहरुलाई सहजै उपलब्ध हुने सामाग्रीबाट आप आर्जन हुने खालका यस्ता सीप प्रदान गर्ने गाउँपालिकाको आफ्नै स्वार्थ रहेको छ । गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलका अनुसार गैडहवाका उत्पादनलाई बजारमा उतार्ने र यहाका महिलाहरुलाई आत्मनिर्भर बनाउने योजना रहेको छ । “गैडहवा संगै सटेर गौतमबुद्धको जन्मस्थल लुम्बिनी रहेको छ, पर्यटकलाई लक्षित गरि बिभिन्न उत्पादन दिने हाम्रो योजना हो ।” पौडेलले भने “लुम्बिनीकै कारण यहा बजारको अभाव हुदैन, जति बनाउन सके उत्ति नै बिक्रि हुने हो ।”
लुम्बिनी आउने पर्यटकहरु हस्तकला सम्बन्धि सामाग्रीहरुमा बिशेष रुचि देखाउने गरेका छन् । यसर्थ उनिहरुलाई मन पर्ने हातबाटै बनाईएका चुरा, पोते, कुशन, गुडिया, ढकिया, चप्पल, जुत्ता लगायतका समान उपलब्ध गराउने पालिकाको लक्ष्य रहेको पौडेल बताउँछन् । यसको लागि गाउँ स्तरमै तालीम दिने र त्यँहाबाट उत्पादित सामाग्रीलाई पालिकाको समन्वयमा लुम्बिनीमा बिक्रिको ब्यवस्था मिलाईने उनको भनाई छ ।
स्थानीय तहहरुमा सामान्यतः यस्ता तालिममा छोरीहरु भन्दा पनि बुहारीलाई प्राथमिकतामा राखि दिने गरिन्छ । तर गैडहवा गाउँपालिकामा अवस्था फरक छ । यहा बुहारी मात्र हैन, बुहारी संगै आमाहरु र छोरीहरुलाई पनि तामिमा सहभागी गराईएको छ । गाउँपालिकाको उपाध्यक्ष माधुरी जयसवालले “सीपयुक्त महिला आत्मनिर्भर” हुने भएकोले सीप दिन कन्जुस्याई नगरेको बताईन । एक अर्काको अनुभव आदान प्रदान हुने भएकोले आमा, छोरी, बुहारी कसैलाई रोकटोक नरहेको उनको भनाई छ ।
महिलालाई आत्मनिर्भर बनाउन सिप विकास तालिमलाई जोड दिएको उपााध्यक्ष जयसवालको भनाई छ । आम्दानी दिने खालका काममा सामान्य सिपसमेत नभएका कारण महिलाहरु आयआर्जनका काममा लाग्न नसकेकोले उनीहरुलाई सिप विकासको तालिम दिन गाउँपालिका लागि परेको उनको भनाई छ । “यसैलाई ध्यान दिदै पालिकाभरीका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न योजनाका साथ लागिपरेका छौं” उनले भनिन् । तालिमका साथै गाउँपालिकाले महिलाहरुलाई व्यवसायीक अनुदान समेत दिने योजना रहेको उनले बताईन ।
“मधेशमा महिलाहरु सदिऔं देखि चुलो र चौकोमा मात्र सिमित छन्, उनीहरु आय आर्जनमा जोडिन सकेका छैनन्,” उनले भनिन्, ‘उनिहरुमा सिप विकास गर्न सकियो भने धेरै महिलाहरु आय आर्जनमा जोडिन सक्छन्, यसले परिवार हुदै समग्र पालिकाको आर्थिक स्तर राम्रो हुने छ ।”


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार