Logo

मर्चवार लिफ्ट सिंचाई द्धारा प्रदेश सभा सदस्य कन्हैया बनियालाई ज्ञापन पत्र

ujyalosandesh online ११ जेष्ठ २०८०, बिहीबार ०७:२६ मा प्रकाशित

मर्चवार । मर्चवार लिफ्ट सिंचाई जल उपभोक्ता संस्थाले प्रदेश सभा सदस्य कन्हैया बनियालाई ज्ञापन पत्र बुझाएको छ । संस्थाका अध्यक्ष नजीर अहमद खानले  संस्थाको कार्यालयमा उक्त ज्ञापन पत्र हस्तांतरण गरेका हुन्।
मर्चवार लिफ्ट सिंचाईका नहरलाई मर्मतसम्भारको लागि बजेट माग गर्दै नहरको अवस्थाबारे प्रदेश सभा सदस्य बनियालाई ध्यानाकर्षण गराएका थिए।
पत्रमा उल्लेख गरिएको छ ‘ उपरोक्त सम्वन्धमा यस मर्चवार क्षेत्रको ३ वटा गाउँपालिका कोटहीमाई, सम्मरीमाई र मर्चवारी ( १२ वटा वडाहरू) लाई प्रत्यक्षरूपमा सिचाई सुविधा दिदै उत्पादन वृद्धिको लागी कार्य गर्दै आएको हाल नहरहरू जिर्ण अवस्थामा रहेको र सोको समास्या समाधानको लागी मुल नहरहरू को मर्मत सम्भार र पम्पहरूको मर्मत सम्भार को लागी आवश्यक वजेट विनियोजन गराई दिनुहुनको लागी लुम्बिनी प्रदेश सरकार सिचाई मन्त्रालय बिभाग तथा अन्य सबै सरोकारवाला कार्यालय हरू लाई पहल गर्न गराइ दिनुहुनको लागी अनुरोध छ ।’
पत्र बुझदै प्रदेश सभा सदस्य कन्हैया बनियाले यसबारे आफु सक्रिय रूपले लागने बताएका छन्। उनले भने ‘ मैले निर्वाचित अघिपनि किसानहरूको समस्या प्रति सम्वेदनशील थिए र अहिले पनि। मर्चवार हरेक नहरलाई ब्यवस्थित बनाउन मेरो प्रमुख लक्ष्य हो ‘ ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार