Logo

ओमसतिया–५ को वडा कार्यालय भवन शिलान्यास

ujyalosandesh online ११ जेष्ठ २०८०, बिहीबार २१:२६ मा प्रकाशित

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले भवनको शिलान्यास गरेका हुन् । शिलान्यास पश्चात बोल्दै गाउँपालिका अध्यक्ष यादवले भवनको अनुमानित लागत १ करोड १९ लाख रहेको बताए । उनले वडा कार्यालय भवनमा पाँचवटा कोठा, शौचालय र स्नान घर समेत निर्माण हुने उनले जानकारी दिए । उनले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको बतए । ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले प्राविधिक अध्ययन अनुसन्धान समय बदलिदो परिवेशअनुसार भुकम्प प्रतिरोधात्मकको हिसाबले वडा कार्यालय भवन निर्माण हुने बताए । ओमसतिया गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मदन पोखरेले वडा कार्यालयको भवन निर्माणमा निगरानी र गुणस्तरमा विशेष ध्यान दिइने बताए । जीर्ण अवस्था रहेको वडा कार्यालय भवनलाई भत्काएर नयाँ भवन निर्माण हुन लागेको पोखरेलले बताए । भवन शिलान्यास कार्यक्रममा गाउँपालिकाका लेखा शाखा प्रमुख कमल शर्मा,वडा नम्बर ४ का वडाअध्यक्ष अखिलेश्वर कुमार पाण्डे ,वडा नम्बर २ का वडाअध्यक्ष सितल जिटी , इञ्जिनियर निर्मला थापा,सब–इञ्जिनियर शैलेन्द्र गुप्ता, कृषि संयोजक केशव चौधरी, पशु शाखा प्रमुख सतिश रसाइली, प्रविधिक सागर पाण्डे, सब–इञ्जिनियर तिलक भण्डारी, ओमसतिया आधारभूत विद्यालयका प्रधानाध्यापक रामविनोद चौधरीलगायतको उपस्थिति रहेको थियो ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार