
मर्चवार । मर्चवारी गाउँपालिकामा आँखा उपचार केन्द्र संचालनमा आएको छ । मर्चवारी गाउँपालिका र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको संयुक्त सहकार्यमा मर्चवारी गाउँपालिका वडा नं २ अमवामा उक्त आँखा उपचार केन्द्र संचालनमा आएको हो ।
विहिवार एक कार्यक्रका बिच लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले उक्त उपचार केन्द्रको उद्घाटन गरेका हुन् । आँखा उपचार केन्द्रलाई उद्घाटन गर्दै मन्त्री गुप्ताले मर्चवारलाई भौतिक निर्माण संगै स्वास्थ्य र शिक्षा क्षेत्रलाई ब्यस्थित गर्न अति आवश्यक रहेको बताए । उलने भने ‘मर्चवार क्षेत्रको तीन वटै गाउँपालिकाले यस क्षेत्रका लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रको आवश्यक बजेट माग गरे आफुले समन्वय गरी काम गर्न तयार छु ’ । मर्चवार क्षेत्र आफ्नो निर्वाचन क्षेत्र नजिक समेत रहेको हुँदा यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको उनले बताए । मर्चवार क्षेत्रको विभिन्न आँखा रोगका बिरामीहरु समान्य समस्याले पनि भैरहवा धाउनु भन्दा मर्चवार मै सेवा लिन वातावरण बनाएको मर्चवारी गाउँपालिका र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरलाई धन्यवाद ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर ब्यव्साथपन समिति रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले मर्चवार क्षेत्र समयको तुलनातम्क रुपले विकास निर्माणमा गति लिएको बताए । हरेक टोलमा सडक र बिजुली बत्तिको पहुँच भएपनि स्वास्थ्य क्षेत्र गाउँ टोलमा पुग्न नसकेको बताए । स्वास्थ्य क्षेत्र प्रति आफुले गम्भीर भई हरेक स्थानीय तह संग समन्वय गरी सेवा क्षेत्र बिस्तार गरिरहेको बताए । उनले भने ‘पहिला विभिन्न ग्रामिण क्षेत्रवासीहरुले शहरी क्षेत्रमा सेवाको लागि धाउने गर्दथे तर आब शहरी क्षेत्रका विभिन्न स्वास्थ्य संस्थाहरुले ग्रामिण क्षेत्रमा सेवा विस्तार गरिरहेको छ । ’
मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले आफुले चुनावी वाचाहरु एक–एक गरी पुरा गर्दै गरेको बताए । उद्घाटन कार्यक्रमको अध्यक्षता समेत गरेका गाउँपालिका अध्यक्ष बरईले मर्चवारी गाउँपालिका भित्रका ६० वर्ष माथिका नागरिकहरु निःशुल्क मोतियाबिन्दको शल्यक्रिया गर्ने योजना ल्याएको बताए । बालबालिका, महिला तथा ज्येष्ठ नागरिकहरुलाई नै लक्षित गरी आँखा उपचार केन्द्र संचालन गरेको उनले बताए । उनले भने ‘मर्चवारी गाउँपालिकावासीहरुलाई आखाँमा समान्य समस्या भए पनि भैरहवा जानुपर्ने बाध्यतालाई अन्तय गरी यही सेवा सुभारम्भ गरेका छौँ । भैरहवा जानु पर्दा कहिलेकाँही औषधी खर्च भन्दा यातायात खर्च बढी हुन जान्थ्यो जसले गर्दा आर्थिक भार समेत थपिने आवस्था थियो ।’ एक वर्षमा कम्तीमा २ पटक आँखा चेकजाँच समेत गराउन अध्यक्ष बरईले आग्रह गरेका छन् ।