Logo

लुम्बिनी प्रेस क्लबलाई सिक्किममा गभर्नरको सम्मान

ujyalosandesh online २५ जेष्ठ २०८०, बिहीबार ०७:४१ मा प्रकाशित

सिक्किम । लुम्बिनी प्रेस क्लब रुपन्देही, नेपालको प्रतिनिधि मण्डललाई सिक्किम सरकारका गभर्नर लक्ष्मण प्रसाद आचार्यले राजभवनमा आयोजित कार्यक्रममा सम्मान गरेका छन् ।

सो अवसरमा गभर्नर आचार्यले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने आफ्नो पनि इच्छा भएको कुरा व्यक्त गरे । उनले भने, ‘बुद्ध जन्मस्थल लुम्बिनी जाने इच्छा छ । तपाईहरुको भेटले झनै उत्प्रेरित गरेको छ । ’ गभर्नर आचार्यले नेपाल र भारतको विकासमा बुद्ध सर्किटको प्रवद्र्धन जरुरी रहेको बताए ।

कार्यक्रममा सिक्किम प्रेस क्लबका अध्यक्ष शेखर खवाससहित सिक्किमका पत्रकार, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, निवर्तमान अध्यक्ष नरेश केसीलगायतले लुम्बिनी र नेपालको बारेमा आ–आफ्ना धारणा राखेका थिए ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार