Logo

मर्चवारी गाउँपालिका स्तरीय प्रतियोगितामा ठर्की माध्यमिक विद्यालय प्रथम

ujyalosandesh online १९ असार २०८०, मंगलवार २३:१९ मा प्रकाशित

मर्चवार । रुपन्देहीको मर्चवारी गाउँपालिकामा भएको गाउँपालिका स्तरीय माध्यमिक विद्यालय स्तरको हाजिरी जवाफ प्रतियोगितामा ठर्की माध्यमिक विद्यालय प्रथम स्थान हासिल गरेको छ । मर्चवारी ६ मा अवस्थित उक्त विद्यालयले पालिका भित्रका ६ माध्यमिक विद्यालयका सहभागीमा भएको प्रतियोगितमा प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
यसैगरी प्रतियोगितामा बागेश्वरी इग्लिस बोर्डिङ्ग स्कूल द्वितीय, जनता माध्यमिक विद्यालय ओडवलिया तृतीय र श्रीमती मनराजी देवी माध्यमिक विद्यालय सान्तोना पुरस्कार हासिल गरेको प्रतियोगिता समितिका अध्यक्ष बाले प्रसाद गुप्ताले जानकारी दिएका छन् । प्रतियोगितामा सोधिएको ४२ प्रश्न मध्ये ठर्की माध्यमिक विद्यालका विद्यार्थीहरुले ११, बागेश्वरी इग्ंिलस बोर्डिङ्ग स्कूलका विद्यार्थीहरुले ९,जनता माध्यमिक विद्यालय ओडवलियाका विद्यार्थीहरुले ८ र श्रीमती मनराजी देवी माध्यमिक विद्यालयका विद्यार्थीहरुले ५ प्रश्नका जवाफ दिएका अध्यक्ष गुप्ताले बताए ।

प्रतियोगता मर्चवारी गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको अयोजना  जनता माध्यमिक विद्यालयका शिक्षक रामसरन यादव र ठर्की माध्यमिक विद्यालयका शिक्षक धिरज यादवको संचालनमा सम्पन्न भएको थियो ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार