
भैरहवा । श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक बिध्यालयको प्रधान अध्यापकमा इन्द्र कुमार यादव नियुक्त भएका छन । विद्यालय व्यवस्थापन समितिले असार २९ को निर्णयले त्यस विद्यालयका बरिष्ठ शिक्षक इन्द्रकुमार यादवलाई प्रधानाध्यापक पदको जिम्मेवारी दिएको समितिका अध्यक्ष त्रिपाठीले बताए । त्यस बिध्यालयका प्रधान अध्यापक राम सुरेश वर्माको जेठ २४ गते मृत्यु भए पछि सो पद खाली रहेको थियो । प्रधान अध्यापकमा नियुक्त यादव ओमसतिया गाउपालिका वडा नम्बर ६ निवासी हुन । २०६७ सालमा अस्थायी हुँदै शिक्षा सेवामा प्रवेश गरेका यादव २०७० सालमा मावी तृतीय श्रेणीमा स्थायी भएका हुन । उनी लामो समय देखि सोही बिध्यालयमा शिक्षकको रुपमा कार्यरत थिए । प्रधानाध्यापकमा नियुक्त यादवले बिध्यालयको समग्र गुणस्तरमा ध्यान दिने बताएका छ्न । बिध्यालयको सिकाइ उपलब्धिलाई उकास्ने आफ्नो लक्ष्य रहेको उनले बताए । ” रामनरेश यादव यस क्षेत्रकै नमुना बिध्यालय हो, यसलाइ कायम राख्न प्रतिवद्द छु ।” उनले भने ” शैक्षिक गुणस्तर, अतिरिक्त कृयाकलाप लगायतमा बिध्यालयलाइ यस क्षेत्रकै नमुना बनाउने छु ।”
लोकप्रिय समाचार